नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा ढकाल
गोरखा | बैशाख ८, २०८२
गाेरखा: नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा नरेन्द्र ढकाल सर्वसम्मत चयन भएका छन् । सातौं जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
उपाध्यक्षमा विकास मरहट्टा, सचिवमा सुजन न्यौपाने, कोषाध्यक्षमा गुणबहादुर रोका, सहसचिवमा मोहसिन अलिमियाँ र दानबहादुर गुरुङ चयन भए ।
सदस्यहरुमा आदिवासी जनजातितर्फ बिबर गुरुङ, समावेशीमा संगीता चेपाङ चयन भए ।
खुला सदस्यहरुमा राजेश पौडेल, विमल श्रेष्ठ, मेलिना बराम र सुदीप श्रेष्ठ चयन भएका निर्वाचन समिति संयोजक स्थानेश्वर दुवाडीले जानकारी दिए ।
सदस्यता विवादका कारण देशभर निर्वाचन भएपनि गोरखामा स्थगीत भएको थियो ।
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

